जीटीए चुनावका कारण आजदेखि नेपाल-भारत नाका सिल


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
जीटीए चुनावका कारण आजदेखि नेपाल-भारत नाका सिल
काठमाडौँ। दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) आइतबार हुने चुनावलाई लक्षित गरी आज शुक्रबार बिहानैदेखि नेपाल-भारत सीमा नाका सिल गरिएको छ । 

उक्त चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको पशुपति नगर नाका ७२ घण्टाका लागि सिल गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले बताए । उनका अनुसार ‘शुक्रबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म नाका सिल  हुनेछ ।

उनका अनुसार नाका ठप्प हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् । विशेषगरी बिरामी, असहाय र असक्तहरूलाई नाका वारपारमा समस्या भएको छ ।