कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि


खबरस्टोरी संवाददाता
२८ माघ २०७८, शुक्रबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडाैं।  सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरु भएकाे बैठकमा स्थानीय तहकाे निर्वाचन, एमसिसी र भ्रातृ संस्थाकाे अधिवेशनमाथि छलफल भइरहेकाे छ । 

बैठक दिउँसाे २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।