कांग्रेस महामन्त्री : १०७५ मत गन्दा गगन ६७३, विश्वप्रकाश ४३४ (लाइभ अपडेट)


खबरस्टोरी संवाददाता
१ पुष २०७८, बिहीबार
कांग्रेस महामन्त्री : १०७५ मत गन्दा गगन ६७३, विश्वप्रकाश ४३४ (लाइभ अपडेट)

काठमाडौँ। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन्। १०७५ मत गणना हुँदा गगन थापाले ६७३ तथा विश्वप्रकाश शर्माले ४३४ मत पाएका छन् । यस्तै प्रदीप पौडेलको ३४२, डा. प्रकाश शरण महतको ३५३ र डा. मिनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत पाएका छन् ।

 महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् ।