कांग्रेस महामन्त्री : १८९५ मत गन्दा गगन १२९४, विश्वप्रकाश ८२७ (लाइभ अपडेट)


खबरस्टोरी संवाददाता
१ पुष २०७८, बिहीबार
कांग्रेस महामन्त्री : १८९५ मत गन्दा गगन १२९४, विश्वप्रकाश ८२७ (लाइभ अपडेट)

काठमाडौँ। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन्। १८९५ मत गणना हुँदा गगन थापाले १२९४ तथा विश्वप्रकाश शर्माले ८२७ मत पाएका छन् । यस्तै प्रदीप पौडेलको ६६८, डा. प्रकाश शरण महतको ६२० र डा. मिनेन्द्र रिजालले ३२९ र राजाराम कार्कीले ५८ मत पाएका छन् ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् ।