कांग्रेस महाधिवेशन: गण्डकी प्रदेशको भेला सम्पन्न


खबरस्टोरी संवाददाता
२६ मंसिर २०७८, आईतवार
कांग्रेस महाधिवेशन: गण्डकी प्रदेशको भेला सम्पन्न

काठमाडैँ । नेपाली कांग्रेसको महाधिवेशनका लागि गण्डकी प्रदेशको प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । 

पार्टीको १४औँ महाधिवेशनको मतदानको पूर्वसन्ध्यामा आज आयोजना गरिएको 'उम्मेद्वारको परिचयात्मक कार्यक्रम'मा कांग्रेसभित्र गण्डकी प्रदेशको कसरी बलियो उपस्थिति गराउन सकिन्छ भन्ने बारेमा उम्मेद्वारले आ-आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा पार्टीका महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसलाई बलियो बनाउनसके देश विकास हुने भन्दै विवेकसम्मत् ढंगले आफ्नो मतको प्रयोग गर्न प्रतिनिधिलाई आग्रह गरेका छन् । 

पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेस बलियो बनाएर तीनै तहको निर्वाचनमा जित हासिल गर्नसक्ने बताए । कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, केन्द्रीय सदस्य गगनकुमार थापा, कमला पन्त, किरण यादव, रत्ना शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, वरिष्ठ उद्योगपति एवं सांसद विनोद चौधरीलगायतको उपस्थिति थियो ।