काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू भएको छ । उद्घाटन समारोहमा भाग लिन हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता भृकुटीमण्डमा भेला भएका छन् ।
दिउँसो १ बजेबाट उद्घाटन सुरू भएको उद्घाटन समारोहको सुरूआतमा कलाकारहरूले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरे । अहिले पार्टीका शीर्ष नेताहरू मञ्चमा उपस्थित भइसकेका छन् ।
महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेतले सम्बोधन गर्दैछन् । राजनीतिक विवादका कारण दूरी बढाएका नेताहरू लामो समयपछि स्टेज सेयर गर्न लागेका हुन् ।