काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा भाग लिन वरिष्ठ नेता रामचन्द्र पौडेल भृकुटीमण्डप पुगेका छन्। सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् ।
यसअघि नेता पौडेलले महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने अड्डी लिएका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए । उनलाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए । उदघाटन समारोहमा बिभिन्न राजनीतिक दलका नेताहरु पनि पुग्ने क्रम जारी छ ।