आफ्नो उम्मेदवारीबारे निकट नेतासँग छलफल गर्दै सिटौला


खबरस्टोरी संवाददाता
२३ मंसिर २०७८, बिहीबार
आफ्नो उम्मेदवारीबारे निकट नेतासँग छलफल गर्दै सिटौला

काठमाडौं। नेता कृष्णप्रसाद सिटौलाले  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे छलफल गर्न आफू निकट नेताहरूसँग छलफल गर्न लागेका छन्। उनले बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा दिउँसो ३ बजे छलफल गर्न लागेका हुन्।

सिटौलाले आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल गर्न लागेको बताइएको छ। उनले आफू निकट नेताहरू प्रदिप पौडेल, भीमसेनदास प्रधान, शिव हुमागाईँलाई छलफलका लागि बोलाएका छन्। त्यस्तै उमाकान्त चौधरी, उद्धव थापालगायतका नेता पनि छलफलमा सहभागी हुने बताइएको छ।