काठमाडौं ÷ नेपाली कांग्रेसको जारी १४औ महाधिवेशनमा स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका नेता महेश आचार्यले भोट मागने नयाँ शैली अपनाएका छन् ।
दुई सदस्यका लागि सात जनाको उम्मेदवारी परेको उपसभापति पदका प्रत्यासी उनले ‘गुट रोज्ने कि विचार’ भन्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन् ।‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ’, भन्दै उनले प्रतिनिधिहरुसँग भोट मागेका छन् ।