कांग्रेस नेता रिजालले गरे महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा


खबरस्टोरी संवाददाता
२४ मंसिर २०७८, शुक्रबार
कांग्रेस नेता रिजालले गरे महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

काठमाण्डाै। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बन्ने भएका छन्।  काठमाण्डौमा बिहान पत्रकार सम्मेलन गरी रिजालले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलनमा उनले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास भइरहेको बताए ।यस्तै, उनले १४ औँ महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने दाबी पनि गरेका छन् ।