कांग्रेस नेता तिम्सिनाद्वारा पार्टी परित्यागको घोषणा


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
कांग्रेस नेता तिम्सिनाद्वारा पार्टी परित्यागको घोषणा
खोटाङ। नेपाली कांग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा पार्टी परित्यागको घोषणा गरेका छन्। उनले बुधबार पत्रकार सम्मेलनमार्फत  आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिए । 

२०५९ सालदेखि कांग्रेसमा क्रियाशील तिम्सिना २०६२-०६३ मा तरुण दलको जिल्ला अध्यक्ष बनेका थिए । उनी कांग्रेस नेता मनोज तिम्सिनाका भाइ हुन् ।केपिलासगढी गाउँपालिका अध्यक्षका आकांक्षी मनोजले टिकट नपाएपछि भाइ मुक्तिनाथले जिम्मेवारी छाडेको अनुमान गरिएको छ । पार्टीका उम्मेदवारले ‘हार्दा पनि जित्दा पनि’ दोष बोक्नुपर्ने अवस्था आएकाले जिम्मेवारी छाडेको बताए । 

तिम्सिनाले निर्माण गरेको माथिल्लो रावा खोला हाइड्रोपावर सञ्चालनमा आइसकेको छ । यसबाहेक बाख्रापालन, कालिज पालन, लोकल माछा पालनलगायतका कृषि कर्ममा लाग्नेगरी पार्टीको जिम्मेवारी छाडेर स्वतन्त्र नागरिकको रूपमा काम गर्ने तिम्सिनाले बताए ।