कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त


खबरस्टोरी संवाददाता
२४ माघ २०७८, सोमबार
कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।