यसैगरी, कांग्रेसले नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई शुभेच्छुक संस्थाको रूपमा मान्यता दिने तयारी गरेको छ ।
आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरिनेछ । आजको बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधान स्वीकृत गरी ती संस्थाहरूलाई भ्रातृ तथा शुभेच्छुक संस्थाकोरूपमा अनुमति प्रदान गर्नेछ । अनुमति प्रदान गरेसँगै अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।