कांग्रेसद्वारा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को बैठक आह्वान


खबरस्टोरी संवाददाता
२९ चैत्र २०७८, मंगलवार
कांग्रेसद्वारा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को बैठक आह्वान
काठमाडौं।  नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान भएको छ । आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरू सहभागी हुनेछन् । समिति संयोजक महामन्त्री गगनकुमार थापा हुन् ।