कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय गर्छु: प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता
४ असार २०७९, शनिबार
कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय गर्छु: प्रधानमन्त्री देउवा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवंम प्रधानमन्त्री  शेरबहादुर देउवाले कैलालीको गेटामा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका छन्। धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको शनिबार उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आवश्यक कानुन छिट्टै ल्याइने बताए।

'गेटामा प्रतिष्ठान बनाउने विश्वास दिलाउन चाहन्छु। क्याबिनेटबाट निर्णय गरेर छिट्टै विधेयक ल्याउछौं,' देउवाले भने। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले भौतिक संरचना तयार भइसकेको गेटामा प्रतिष्ठान वा मेडिकल कलेज के संचालन गर्ने भन्नेबारे छिटो निर्णय गर्न प्रधानमन्त्री देउवालालाई अनुरोध गरेका थिए।

गेटामा मेडिकल कलेजका लागि भनेर भवनहरु निर्माण भए पनि मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय कुन मोडालिटीमा संचालन गर्ने भन्नेबारे अझै सरकारले टुंगो लगाउन सकेको छैन।