कैलालीमा ओलीले भने : रेशम चौधरीलाई जेलमा थुनिरहनु पर्दैन


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
कैलालीमा ओलीले भने : रेशम चौधरीलाई जेलमा थुनिरहनु पर्दैन
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई जेल हाल्नुको कुनै अर्थ नभएको बताएका छन्। 

कैलालीको बर्दगोरिया गाउँपालिकामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले टीकापुरमा नाबालकसहित सातजनाको ज्यान गएका बेला घटनास्थलमा नभएका रेशमलाई मुद्दा लगाएर जेल हाल्नु गलत भएको बताएका छन् ।  

ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति गरेको स्मरण गरे। थारु समुदायका समस्या समाधानका लागि आफ्नो नेतृत्वको सरकारले सहमति गरे पनि अर्को सरकारले कार्यान्वयन नगरेको उनले बताए।