कामु प्रधानन्यायाधीश कार्कीद्वारा न्यायपरिषदको बैठक आह्वान


खबरस्टोरी संवाददाता
११ फाल्गुन २०७८, बुधबार
कामु प्रधानन्यायाधीश कार्कीद्वारा न्यायपरिषदको बैठक आह्वान

काठमाडौँ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद् बैठक बोलाएका छन्। कार्की कायममुकायम भएपछि पहिलोपटक परिषदको बैठक बस्न लागेको हो। बैठक आज (बुधबार) दिउँसो ४ बजे बस्दै छ। 

परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनेछन् । बैठकमा विशेष अदालत र राजश्व न्यायाधीकरणमा अध्यक्ष सिफारिस गर्ने तयारी छ। दुवै निकाय ६ महिनादेखि प्रमुख रिक्त छन् ।