कमल थापालाई एमालेको सूर्य


खबरस्टोरी संवाददाता
३० चैत्र २०७८, बुधबार
कमल थापालाई एमालेको सूर्य
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी तालमेल भएको छ ।दुई पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा स्थानीय पालिकाहरुमा तालमेल गर्ने भएका छन् ।

दुवै दलका नेताहरुबीच बुधवार भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने छन् ।

त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।