कानूनमन्त्रीमा गोविन्द बन्दी नियुक्त, शपथ आजै


खबरस्टोरी संवाददाता
२४ चैत्र २०७८, बिहीबार
कानूनमन्त्रीमा गोविन्द बन्दी नियुक्त, शपथ आजै
काठमाडौं। अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । 

नवनियुक्त मन्त्री बन्दीको बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्याक्रम रहेको छ । बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा अधिवक्ता बन्दीले विपक्षमा बहस गरेका थिए । दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।