कर्णालीलाई छुट्याइएको बजेट कार्यान्वयन गर्न माग


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
कर्णालीलाई छुट्याइएको बजेट कार्यान्वयन गर्न माग
काठमाडौं।  एकीकृत समाजवादीका संसद गोपालबहादुर बमले कर्णाली प्रदेशलाई छुट्याइएको बजेटको कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद बमले माग गरेका हुन्।

 बमले कर्णालीमा मानव बस्ने गरेको र महँगो जडिबुट्टी त्यहिँबाट आउने गरे पनि विकास भने नपुगेको गुनासो गरेका छन्।