काठमाडौँका मेयर शाहको पहिलो निर्णय : नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
काठमाडौँका मेयर शाहको पहिलो निर्णय : नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालीकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले नगर कार्यपालीकाको बैठक लाइभ प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका छन् । 

शाहले काठमाडौँ महानगरपालीकाको कार्यालयमा पदभार ग्रहण गर्दै  दिउसो ४ बजेको लागि कार्यपालीकाको बैठक बोलाउने र लाइभ गर्ने निर्णय गरेका हुन् । सो पश्चात् प्रतिक्रिया दिदै शाहले आफुले फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । 

त्यस्तै काठमाडौँ महानगरपालीकाका अन्य नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन् ।