काठमाडौंका नवनिर्वाचित मेयर शाहले गरे प्रधान सेनापतिसँग भेटवार्ता


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
काठमाडौंका नवनिर्वाचित मेयर शाहले गरे प्रधान सेनापतिसँग भेटवार्ता
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग  भेटवार्ता गरेका छन्। मेयरको सपथ लिएर कार्यभार सम्हाले लगत्तै उनि सैनिक मुख्यालय जंगीअड्डा गई प्रधान सेनापतिसँग भेट गरेका हुन्।

भेटका क्रममा शाहले राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा नेपाली सेनाले गरेका कामको प्रशंसा गरेको बताइएको छ । शाहले काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच सम्भावित सहकार्यबारे छलफल गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।