काठमाडौंमा एमालेले केशव स्थापितलाई उठाउने तयारी


खबरस्टोरी संवाददाता
९ बैशाख २०७९, शुक्रबार
काठमाडौंमा एमालेले केशव स्थापितलाई उठाउने तयारी
काठमाडौँ । नेकपा एमालेले काठमाडौं महानगरपालिका प्रमुखको केशव स्थापितलाई उम्मेदवारका रुपमा उठाउने भएको छ। 

२०५४ सालमै काठमाडौं महानगर सम्हालिसकेका स्थापितलाई पाँच दलीय गठबन्धन विरुद्ध खडा गर्न लागेको हो । उनी बागमती प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।हाल बागमती प्रदेशसभा सदस्य रहेका स्थापितलाई काठमाडौंमा उठाउने औपचारिक निर्णय एमाले आगामी १० वैशाखमा बस्ने सचिवालय बैठकबाट गर्नेछ।एमाले नगर कमिटीले काठमाडौंको प्रमुखका लागि २ वैशाखमा ५ जनाको नाम सिफारिस गरेको थियो ।

कमिटीले वर्तमान प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेश सांसद केशव स्थापित, निर्मल देउला र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद वसन्त मानन्धरकी पत्नी इन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको थियो।

एमालेले काठमाडौंसहित बाँकी महानगर र उपमहानगरका उम्मेदवारको टुंगो आगामी १० गतेको सचिवालय बैठकले लगाउदै छ ।