काठमाडौमा जनतालाई सास्ती,अर्थमन्त्री कुश्मामा मस्ती


खबरस्टोरी संवाददाता
१२ फाल्गुन २०७८, बिहीबार
काठमाडौमा जनतालाई सास्ती,अर्थमन्त्री कुश्मामा मस्ती

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची छल्न पर्वतको कुश्मा पुगेका अर्थमन्त्री जनार्दन शर्मा स्विङमा देखिएका छन् । 

यसअघि आइतबार संसदमा अर्थमन्त्रीले एमसीसी अनुदान प्रस्ताव पेश गर्ने कार्यसूची बनेपछि उनी प्रतिनिधिसभा बैठकमै अनुपस्थित रहेका थिए । एमसीसीको विरोधमा विभिन्न राजनितिक दलहरुले दिनहुँजसो काठमाडौमा सडक प्रर्दशन गरिरहेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा पनि अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची संसद सचिवालयले मंगलबार नै सार्वजनिक गरिसकेको छ । 

संसद सचिवालयले मन्त्री शर्मा एमसीसी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची सार्वजनिक भएपछि उनी काठमाडौंबाट बाहिरिएका हुन् ।