लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
बुटवल । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ । 

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सरकारले जेठ १५ गते प्रदेशसभामा पेश गरेको थियो । आइतबार बसेको बैठकले सोही नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो । 

प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारले यस वर्षको बजेटमा  ‘समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को नारालाई समावेश गर्नुको साथै अन्य प्रदेशका गौरवका आयोजना शिक्षा, स्वास्थ, कृषि, खानेपाली लगाएतका क्षेत्रमा लगानी गरिने भन्दै राजनीतिक विचार, मतभेद र दृष्टिकोण फरक–फरक भए पनि लुम्बिनीको विकासका लागि सबैलाई एकजुट हुन आह्वान गरेका थिए ।