लिङ्देनको शपथग्रहण कार्यक्रममा गएनन् कमल थापा


खबरस्टोरी संवाददाता
१९ मंसिर २०७८, आईतवार
लिङ्देनको शपथग्रहण कार्यक्रममा गएनन् कमल थापा

काठमाडौँ।  राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा थापा अनुपस्थित भएका छन् ।

कार्यक्रमबारे कमल थापालाई पनि जानकारी गराइएको राप्रपा नेता तथा अधिवक्ता सुजित केसीले बताए । लिङ्देनको विजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरिरहेका थापा कार्यक्रममा सहभागी नभएका हुन् ।