लोसपाले गठबन्धनकै उमेदवारलाई भोट हाल्ने तयारी !


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
लोसपाले गठबन्धनकै उमेदवारलाई भोट हाल्ने तयारी !
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले  संघीय संसदको प्रतिनिधिसभा उपसभामुखको निर्वाचनमा सत्तारुढ गठबन्धनका उमेदवारलाई सहयोग गर्ने तयारी गरेको छ ।

करिब तीन वर्ष लामो समयदेखि रिक्त उपसभामुख पदका लागि आज प्रतिनिधिसभामा मतदान हुँदै छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का  तर्फबाट सांसद विद्या भट्टराईले उमेदवारी दर्ता गराएका छन् । यी दुवैबीच प्रतिस्पर्धा हुने भएको छ। 

१३ सांसद भएको लोसपाले कसलाई मत हाल्छ भन्ने जिज्ञासा चर्कि रहेको छ । पार्टीका एक नेताले दिएको जानकारीअनुसार लोसपा सत्ता गठबन्धनकै पक्षमा उभिएको जनाए।  यद्यपि, अन्तिम निर्णय हुन भने बाँकी रहेको उनले बताए ।