मूल्यवृद्धि नियन्त्रण गर्न राप्रपा नेपालको माग


खबरस्टोरी संवाददाता
१८ बैशाख २०७९, आईतवार
मूल्यवृद्धि नियन्त्रण गर्न राप्रपा नेपालको माग
काठमाडौं । राप्रपा नेपालले मूल्यवृद्धि नियन्त्रण र किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले दैनिक उपभोग्य वस्तुहरूको अकासिएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर नागरिकलाई राहत प्रदान गर्न माग गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए ।