मौन समयको आज्ञा भंग गर्दै चुनाव प्रचारमा व्यस्त बीना मगर


खबरस्टोरी संवाददाता
२९ बैशाख २०७९, बिहीबार
मौन समयको आज्ञा भंग गर्दै चुनाव प्रचारमा व्यस्त बीना मगर
काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि गएराति १२ बजेदेखि नै सुरु भइसकेको छ। यो अवधिमा सामाजिक सञ्जालदेखि मतदातासमक्ष पुगेर चुनाव प्रचारप्रसार गर्न पाइँदैन।

तर नेकपा माओवादी केन्द्रकी संघीय सांसद बीना मगर भने मौन अवधिको अवज्ञा गर्दै मतदाताकहाँ पुगेर माओवादीलाई भोट मागिरहेकी छन्। 

उनले निर्वाचन आयोगको मौनअवधिकोआज्ञाभंग गर्दै गृहजिल्ला कञ्चनपुरमा मतदाता भेला गरेर माओवादीको पक्षमा प्रचार गरिरहेकी छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी रहेकी बीना बुधबार दिउँसो लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगिन्।

बा १७ च ७९४२ नम्बरको निजी सवारी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्न झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन्। 

बीना गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि बुधबार दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेकी हुन्। उनी अहिले पनि माओवादी केन्द्रबाट फेरि उम्मेदवार छन्। बीना त्यही क्षेत्रकी संघीय सांसद हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार मदनसेन बडायक विजयी भएका थिए।