मन्त्री आलेको राजीनामा, भन्छन् – कामबाट ९० प्रतिशत सन्तुष्ट, एक्सन मन्त्रीको उपमाले खुसी छु


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
मन्त्री आलेको राजीनामा, भन्छन् – कामबाट ९० प्रतिशत सन्तुष्ट, एक्सन मन्त्रीको उपमाले खुसी छु
काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रीका रुपमा आफूले ९० प्रतिशत सफलता हासिल गरेको बताएका छन्। पदबाट राजीनामा दिएको घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले मन्त्रालयमा २६३ दिन बिताएको पत्तो नभएको बताउँदै एक्सनमा विश्वास गरेको बताए। आलेले २०७८ असोज २२ गते मन्त्री पदको शपथ लिएका थिए।उनले आफू प्रक्रियाभन्दा एक्सनमा विश्वास गर्दै हुर्किएको राजनीतिक कार्यकर्ता भएको बताए। ‘मलाई पत्रकार साथीहरुले आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्यो भने मेरो उत्तर हुनेछ–९० प्रतिशत’, उनले भने।

उनले आफूले काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि त्यसअनुसार काम नगरेको बताए।