शुक्रवार बसेको बैठकमा सरकारको तर्फबाट सार्वजनिक महत्त्वको अभिव्यक्ति दिने क्रममा उद्योग मन्त्री बडूले बोलेको विषयलाई लिएर एमाले समर्थकले आपत्ति जनाएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रम प्रयोग गरी सरकारले नेपाल आयल निगम निजीकरण गर्न लागेको भनेर जनतालाई भ्रमित गर्न खोजेको भन्दै बडूले आपत्ति जनाएका थिए ।
ओलीको अभिव्यक्ति कुण्ठा र रोदन भएको भन्दै मन्त्रीले दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाउँदै संसद् विरोध गरेको थियो ।
एमालेको विरोधपछि १५ मिनेटका लागि भन्दै स्थगित बैठक ३ घण्टापछि दिउँसो साढे २ बजे शुरू भएको छ ।