मन्त्री हेरफेर गर्ने निर्णयमा पार्टी दृढ भएको झलनाथ खनालको खुलासा


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
मन्त्री हेरफेर गर्ने निर्णयमा पार्टी दृढ भएको झलनाथ खनालको खुलासा
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरको निर्णयमा पार्टी दृढ रहेको टिप्पणी गरेका छन्। आइतबारको सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन भएन नि? उनले भने, ‘त्यो बालुवाटारको कुरा हो ।

खनालले आफ्नो पार्टीले हेरफेर गर्ने निर्णय गरेको भन्दै त्यो निर्णय कार्यान्वयन हुने पनि बताए।‘हामीले पहिले पठाएको टीमलाई फिर्ता बोलाएर नयाँ साथीहरुलाई पठाउने निर्णय गरेका हौं,’ उनले भने, ‘त्यसमा पार्टी दृढ छ।