माओवादी बन्दसत्रः समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रम सुरु


खबरस्टोरी संवाददाता
१५ पुष २०७८, बिहीबार
माओवादी बन्दसत्रः समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रम सुरु

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिन समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत गर्ने क्रम सुरु भएको छ । आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट क. कृष्ण अधिकारीले समूहको प्रस्तुती राखिसकेका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष क. प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र विधानमाथि समूहगत छलफल भएको थियो ।