काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिन समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत गर्ने क्रम सुरु भएको छ । आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट क. कृष्ण अधिकारीले समूहको प्रस्तुती राखिसकेका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष क. प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र विधानमाथि समूहगत छलफल भएको थियो ।