माओवादी केन्द्रको चितवन इन्चार्जमा रेनु दाहाल, संयोजकमा आरसी अधिकारी


खबरस्टोरी संवाददाता
३ चैत्र २०७८, बिहीबार
माओवादी केन्द्रको चितवन इन्चार्जमा रेनु दाहाल, संयोजकमा आरसी अधिकारी
काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन्। बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् भने  चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्।

त्यस्तै माओवादी केन्द्रको आठौं महाधिवेशनपछि जिल्ला इन्चार्जहरु तोकिएका थिएनन् । अन्य पदाधिकारी भने टुंगिन बाँकी नै रहेको छ ।