माओवादी केन्द्रीय समिति बैठक ः एमसीसी राष्ट्रघाती भएको भन्दै चार नेताको लिखित असहमति


खबरस्टोरी संवाददाता
२० फाल्गुन २०७८, शुक्रबार
माओवादी केन्द्रीय समिति बैठक ः एमसीसी राष्ट्रघाती भएको भन्दै चार नेताको लिखित असहमति
काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यतिबेला बसिरहेको छ ।

काठमाडौमा जारी बैठकमा चार जना नेताले लिखित रुपमा असहमति जनाएका छन्। प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित रुपमा नै असहमति पेस गरेका हुन्।शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा उनीहरुले पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित रुपमा असहमति राखेको हुन् ।


बैठकलगत्तै नेता गुरुङले, ‘एमसीसी राष्ट्रघाती सम्झौता भएकाले यो रिजेक्ट हुनुपर्ने हो, भन्दै व्याख्यात्मक घोषणासहित बिना संशोधन गलत रुपमा पारित गरियो, जसको कानुनी अर्थ नरहने दाबी गरे ।बैठकमा नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौता गलत भएको र कहाँ कहाँ राष्ट्रघात हुन्छ भनी विस्तृत रुपमा व्याख्या गरेको उनले बताए। माओवादीको केन्द्रीय समिति बैठक पर्सिका लागि पून तय गरिएको छ ।