माओवादीका केन्द्रीय सदस्यहरुद्वारा शपथ


खबरस्टोरी संवाददाता
१९ पुष २०७८, सोमबार
माओवादीका केन्द्रीय सदस्यहरुद्वारा शपथ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरूले शपथ ग्रहण गरेका छन् । पदाधिकारी चयनका लागि सानेपास्थित हेरिटेज प्लाजामा बसेको नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समिति बैठकका क्रममा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । 

माओवादी महाधिवेशनको बन्दसत्रका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार २३६ जना केन्द्रीय सदस्यहरुको नाम सिफारिस गरेका थिए।


आठौँ महाधिवेशन सकिएलगत्तै पदाधिकारी चयनका लागि केन्द्रीय समितिको पहिलो बैठक बसेको हो। ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा चलिरहेको बैठकले पदाधिकारी चयन गर्ने जनाएको छ। माओवादीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था छ। एकएक जना अध्यक्ष, महासचिव र कोषाध्यक्ष, एक वरिष्ठसहित सात उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिवको नाम बैठकले टुंग्याउनेछ। यसअघि आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २३६ जनाको नाम केन्द्रीय सदस्यका लागि सिफारिस गरेका थिए। २९९ केन्द्रीय सदस्यमध्ये अहिले २३६ जनाको नाम टुंग्याइएको हो। केन्द्रीय सदस्यमा समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जनाको नाम टुंग्याइएको हो। २९९ केन्द्रीय सदस्यमा समानुपातिकतर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम अहिले घोषणा भएको हो। 

अब समानुपातिकतर्फ २९ जना र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छन्।