माओवादी महाधिवेशन : ओलीलाई प्रचण्डले गरे टेलिफोनबाटै निम्ता


खबरस्टोरी संवाददाता
११ पुष २०७८, आईतवार
माओवादी महाधिवेशन : ओलीलाई प्रचण्डले गरे टेलिफोनबाटै निम्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन् आग्रह गरेका छन् ।

तर ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका छन् । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्दा ओली झापा पुगिसकेका थिए ।

ओलीले प्रचण्डलाई महाधिवेशनको शुभकामना दिँदै आफू आउन नसक्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।