अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई अन्तिम रुप दिएर पोलिटव्युरो र स्थायी कमिटी सदस्यहरुको सूची तयार पार्ने बताइएको छ ।
त्यस्तै पदाधिकारी छनोटका सन्दर्भमा पनि छलफल हुने बैठकले मुख्यतः अन्तर्घातको आरोपका सन्दर्भमा अनुशासन आयोगलाई छानबिनको लागि १५ दिनको समय दिने भएको छ ।माओवादीको स्थायी कमिटी ४१ सदस्यीय हुने भनेर केन्द्रीय कमिटीले निर्णय गरे पनि सबै सदस्य टुंगिएका छैनन् । बैठकमा तत्कालीन नेकपाका १५ जना र प्रदेश इन्चार्जहरु सहभागी छन् ।
थप सदस्य चयनको जिम्मा प्रचण्डलाई नै दिइएको छ ।
नेकपाकालीन स्थायी कमिटीका १५ जना निम्न छन् ।
१) पुष्पकमल दाहाल प्रचण्ड
२) नारायणकाजी श्रेष्ठ
३) कृष्णबहादुर महरा
४) गणेश शाह
५) गिरिराजमणि पोखरेल
६) चक्रपाणी खनाल
७) जनार्दन शर्मा
८) देव गुरुङ
९) देवेन्द्र पौडेल
१०) पम्फा भुसाल
११) वर्षमान पुन
१२) मात्रिका यादव
१३) लीलामणि पोखरेल
१४) शक्तिबहादुर बस्नेत
१५) हरिबोल गजुरेल
माओवादीका प्रदेश इन्चार्जहरु यसप्रकार छन्
प्रदेश १ – राम कार्की
मधेस प्रदेश – गणेश शाह
बागमती प्रदेश – हितमान शाक्य
गण्डकी प्रदेश – हितराज पण्डे
लुम्बिनी प्रदेश – चक्रपाणी खनाल
कर्णाली प्रदेश – कालीबहादुर मल्ल
सुदूरपश्चिम प्रदेश – खगराज भट्ट