माओवादीलाई हैसियत अनुसार मन्त्रीपरिषद्को भाडवण्डा चाहिन्छ : प्रचण्ड


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
माओवादीलाई हैसियत अनुसार मन्त्रीपरिषद्को भाडवण्डा चाहिन्छ : प्रचण्ड
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको मन्त्रीपरिषद् हेरफेरमा माओवादीलाई हैसियत अनुसारको भाडवण्डा चाहिने  बताएका छन् । 

मंगलबार पार्टीको प्रक्षिण कार्यक्रमा जनकपुर पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै मन्त्री परिषद् हेरफेर हुनसक्ने बताएका छन् । ‘मन्त्री परिषद् हेरफेरको कुरा चलेको छ । हेरहफेर हुन सक्छ । नँया मन्त्री आउन सक्छन् । तर औपचारिक टुंगो भने लागिसकेको छैन्’ उनले भने ।

प्रचण्डले भने ‘पहिले नेपाली कांग्रेसको महाधिवेशन भएको देउवा जीले सहयोग गर्नु  पर्‍यो भन्नु भयो सहयोग गरियो । माधव जीले पनि पनि नयाँ भएकोले सहयोग गर्नुपर्‍यो भनेको कारण नेकपा माओवादी केन्द्रले सहायोग गर्यो  तर अहिले माओवादीले आफ्नो हैसियत अनुसारको मन्त्री परिषद्मा दाबी गर्छ ’।  

अध्यक्ष प्रचण्डले गठबन्धनमा माओवादी केन्द्रले सबैभन्दा धेरै त्याग गरेको दावी समेत गरे ।