मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु : स्थापित


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु : स्थापित
काठमाडौँ । काठमाडौं महानगरको मेयरमा एमालेबाट उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेकाे भए माफी मागेका छन् । 

काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेकाे बताए । ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने ।

आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने स्थापितले बताए ।