मोदीलाई स्वागत गर्न लुम्बिनी पुगे प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता
२ जेष्ठ २०७९, सोमबार
मोदीलाई स्वागत गर्न लुम्बिनी पुगे प्रधानमन्त्री देउवा
रुपन्देही ।बुद्ध जयन्तीको अवसरमा जेठ २ गते लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा बुद्धभुमि लुम्बिनी पुगेका छन् ।

सोमबार लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा आइतबार साँझ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै लुम्बिनी पुगेका हुन् ।

लुम्बिनीमा बुद्ध पूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि प्रधानमन्त्री देउवा, पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेसहितको टोली त्यहाँ पुगेको छ ।