माधव नेपाल भन्छन्- ओलीको घमण्ड तोड्न धेरै कष्ट गर्नुपर्‍यो


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
माधव नेपाल भन्छन्- ओलीको घमण्ड तोड्न धेरै कष्ट गर्नुपर्‍यो
काठमाडौं। एमालेबाट विद्रोह गर्ने बेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले धेरै कष्ट गर्नुपरेको बताएका छन्। 

पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीको अहंकार असफल पार्न ठूलो मिहिनेत गरेको बताएका हुन्। 

‘हामीले ओली क्रान्तिकारी दृष्टिकोण कमजोर भएर दक्षिणपन्थी भासमा भासिएको निष्कर्ष निकाल्यौँ। ओलीको राष्ट्रवादको झुटो नारा चलाए।  विदेशीसहित काम गर्न थाले। एमसिसी एकलौटी रुपमा सहमति गर्न पुगे’ उनले भने, ‘चुच्चे नक्सा समेटिएको किताब छापि सकेपछि पनि वितरण नगर्न शिक्षा मन्त्रालयमा निर्देशन दिए।’