काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्ने कुरा आफ्नो राजनीतिक दस्तावेजमा उल्लेख गरेका छन् ।
‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रचण्डले माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा पेश गरेको दस्तावेजमा नै माधव नेपालसँग एकता गर्ने कुरा लेखेका छन् ।
नेपाल नेतृत्वको नेकपा एससहित विभिन्न माओवादीसमूहसँग एकता र सहकार्य गर्ने प्रचण्डको दस्तावेजमा उल्लेख छ ।
‘विभिन्न माओवादी समूह र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ ।’– प्रचण्डले दस्तावेजमा लेखेका छन् । उनले केपी ओलीका विरुद्धमा संघर्ष गर्दै वृहत्त कम्युनिस्ट एकताको आवश्यकता औंल्याएका छन् ।