माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्धाको सुनुवाइ आजदेखि


खबरस्टोरी संवाददाता
२० चैत्र २०७८, आईतवार
माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्धाको सुनुवाइ आजदेखि
काठमाडौं । नेता माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्दैछ ।

एमालेबाट अलग हुनुअघि नै नेपालसहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेर पनि सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।एमालेले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामाथि समेत प्रश्न उठाउँदै निर्वाचन आयोगविरुद्ध मुद्दा हालेको छ ।