नागरिक पार्टीका केन्द्रीय सदस्यसहित तीन जना पार्टीबाट निकालिए


खबरस्टोरी संवाददाता
१७ बैशाख २०७९, शनिबार
नागरिक पार्टीका केन्द्रीय सदस्यसहित तीन जना पार्टीबाट निकालिए
काठमाडौं । राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय सदस्य बिमला सुनारसहित तीन जना पार्टीबाट निस्काशित भएका छन् । 

पार्टीका केन्द्रिय सदस्य बिमला सुनार, गोर्खा जिल्ला सदस्य राजु परियार,गोर्खा जिल्ला सदस्य बिकास बिकलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेको सो पार्टीले जनाएको छ । 

राष्ट्रिय नागरिक पार्टीको विधि र बिधान बिपरित विभिन्न कार्य गरेकाले उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निश्कासित गरिएको पार्टी अध्यक्ष शुक्रबहादुर गुरुङले जनाकारी दिए ।