नागरिकता विधेयक अगाडि बढाउन सत्ता गठबन्धनबीच सहमति


खबरस्टोरी संवाददाता
९ असार २०७९, बिहीबार
नागरिकता विधेयक अगाडि बढाउन सत्ता गठबन्धनबीच सहमति
काठमाडौ । सत्ता गठबन्धनका दलहरु बीच नागरिकता विधेयक अगाडि बढाउने सहमति भएको  छ । 

 बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका थिए । बजेट पारित भएपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी थालेको छ ।