निजगढ विमानस्थल निर्माण थालनी गर्न सरकारलाई संसदीय समितिको निर्देशन


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
निजगढ विमानस्थल निर्माण थालनी गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौँ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको बैठकले कानूनी अड्चन फुकाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थालनी गर्न सरकारलाई निर्देशन दिएको हो।

‘राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनी प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने,’ समितिको बैठकको निर्णयमा भनिएको छ ।

गत बिहीबार मात्रै सर्वोच्चको वृहत पूर्ण इजलासबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश जारी गरिएको थियो।