नक्कली प्रहरी बनेर रकम असुल्न खोज्‍ने पक्राउ


खबरस्टोरी संवाददाता
२५ जेष्ठ २०७९, बुधबार
नक्कली प्रहरी बनेर रकम असुल्न खोज्‍ने पक्राउ
काठमाडौँ। प्रहरी हुँ भन्दै नक्कली प्रहरी बनेर स्थानीयलाई डर त्रास देखाउँदै हिँड्ने युवालाई प्रहरीले पक्राउ गरेको छ  । 

सिन्धुली प्रहरीले जिल्लाको मरिण गाउँपालिका ७ बाट नक्कली प्रहरी बनि हिँडेका सिञ्जा गाउँपालिका ६ रुगा जुम्लाका घर भएका निर्जल शाही भन्ने विष्णुबहादुर शाहीलाई पक्राउ गरेको  हो ।

मरिण गाउँपालिकाको विभिन्न स्थानमा शाहीले जेठ १८ गते देखि प्रहरी हुँ भनी प्रहरीको अर्ध पोशाक लगाई रकम असुल्दै डर त्रास देखाउँदै आएको प्रहरी कार्यालयमा उजुरी परेको थियो ।  

मरिण गाउँपालिका ६ छाप बस्ने विमल आरणले सत्य तथ्य बुझी आवश्यक कारबाही गर्न जेठ २२ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिएका थिए । घटना सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले म्जनाएको छ।