नेकपा माओवादी केन्द्र र विद्रोही मसालबीच पार्टी एकता


खबरस्टोरी संवाददाता
९ पुष २०७८, शुक्रबार
नेकपा माओवादी केन्द्र र  विद्रोही मसालबीच पार्टी एकता

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेकपा मसालको विद्रोही समूह र प्रभात चलाउनेले नेतृत्व गरेको नेकपासँग पार्टी एकीकरण गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले नेकपा मसाल सँग विद्रोह गरी बनेको नेकपा मसाल माओवादी केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिंगो टीमसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

शुक्रबार बिहान सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेश गरेका हुन्। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ।