नेपाल बुद्धिजिवी परिषद् गुल्मीको अध्यक्षमा गौतम


खबरस्टोरी संवाददाता
५ चैत्र २०७८, शनिबार
नेपाल बुद्धिजिवी परिषद् गुल्मीको अध्यक्षमा गौतम
गुल्मी। नेपाल बुद्धिजिवी परिषद् गुल्मीको छैँठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनबहादुर गौतम निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्ष केएन घिमिरे, सचिवमा कमल न्यौपाने, सह–सचिवमा केशव पराजुली र कोषाध्यक्षमा केशरबहादुर थापा निर्वाचित भएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।